२ माघ बुधबार क्यानडानेपाल डट टिभी : नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अन्तरक्रियामा बोल्दै वाइडबडी जहाज खरिद प्रक्रियामा मुख्य दलका ठूला नेता संलग्न रहेको दाबी गरेका छन् ।

बुधबार पार्टीको संसदीय मामिला तथा राज्य व्यवस्था विभाग र नेपाल पर्यटन परिषदले वाइडबडी विमान प्रकरणबारे गरिएको अन्तरक्रियामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले ठूला दलका नेताहरु मिलेर नै विमान खरिद प्रक्रियामा अनियमिता गरेको आरोप लगाए ।

उनको यो भनाई प्रचण्ड , ओली र देउवा प्रति नै लक्षित भएको श्रोतले जानेको छ ।