२ माघ बुधबार क्यानडानेपाल डट टिभी : मानव तस्करीको गम्भीर आरोप पश्चात सरकारद्वारा बोलाइएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अन्तत: भागेर सुटुक्क अष्ट्रेलिया पुगेकी छिन् ।

आफ्नै चालक वाङछु शेर्पाले आफूलाई जागिर लगाइदिएको भन्दै आफूसंग रकम लिएको तथा राजदूत शेर्पाले त्यति मात्र नभई मानव तस्करी समेत गर्ने गरेको संघीन आरोप पश्चात उनलाई सरकारले गत महिना सोधपुछका लागि नेपाल बोलाएको थियो ।

राजदूत शेर्पासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागीले बयान लिएपश्चात उनले आरोप अस्वीकार गरे पनि मन्त्री ज्ञवाली र सचिव बैरागी उनको जवाफबाट सन्तुष्ट भने हुन सकेका थिएनन। ज्ञवालीको रिपोर्टिङको आधारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्खास्त गर्ने निर्णयमा समेत पुगेका थिए । बीचमा लक्ककीले रातारात राजनीतिक चलखेल गरेर आफ्नो अनुकूल बर्खास्त नगर्ने वातावरण बनाइन् । कुनै सर्तमा बर्खास्त नगर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड सहमत पनि भएका थिए ।

तर, लक्की सहमतिअनुसार राजीनामा दिनुको साटो राजदूतकै हैसियतमा अष्ट्रेलिया पुगेपछि दुवै अध्यक्षले धोका खाएको महसुस गरेका छन् ।

ओली त प्रचण्डलाई नै झुक्क्याएर राजदूत लक्की शेर्पा यसरि अस्ट्रेलिया पुग्नुलाई तपाई के भन्नुहुन्छ ? आफ्नो विचार राख्नुहोला