२ माघ बुधबार क्यानडानेपाल डट टिभी : विवादीत बनेको वाइडबडी काण्ड पछिल्लो अवस्थामा झनै तात्दै गएको छ । समय सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच वाइडबडी प्रकरणमा यतिबेला आरोप प्रत्यारोप चल्दैगएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिदको निर्णय भएकाले देउवा पनि दोषी भएको भन्ने नेकपाको दावी छ भने अहिले नेकपाको नेतृत्वमा रहेको सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी नै दोषी भएको आरोप नेकपाको रहेको छ ।

यसै विषयमा प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता केशव बडालले वाइडबडी खरिद प्रकरणमा जो दोषी देखिए पनि सरकारले कारबाही गर्ने आश्वासन दिएका छन् । कार्यक्रम मै कांग्रेस नेता महेन्द्र यादवले देउवा दोषी हुँदै नभएको बरु प्रधानमन्त्री ओलीको दोष रहेको कुरा स्पस्ट पारे ।

यहि विषयमा अलिकतिले दुइ नेता बीच हानाहान समेत भएन । हेर्नुहोस भिडियोमा

भिडियो