काठमाडौं । उपत्यका लगायत देशभरमा पछिल्ला दिनमा चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानको काठमाडौंको तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो ।

मंसिर पहिलो साताबाटै चिसो बढ्न थालेको महाशाखाले जनाएको छ ।

पाकिस्तानका हिमाली क्षेत्रबाट आएको बायु बुधबार भारतको जम्मु काश्मीर हुँदै नेपाल प्रवेश गरेको हो पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभावले चिसो बढेको महसुस गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढ्दैछ भने छिटफुट वर्षा हुन सक्नेछ ।