मंसिर २० भक्तपुर । गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाज रहेका छन् ।

भक्तपुर महानगरीय प्रहरी परिसर, रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यालय टोलीले रौतहटबाटै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलचाप बस्ने ध्रुव श्रेष्ठको बा ९६ प १७७० नंको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवैलाई कारवाहीका लागि बुधबार भक्तपुर जिल्ला अदालतमा मुद्दामा म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जनाइएको छ ।