वेलिङ्गटन । न्यु क्यालेडोनिया नजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

उक्त भूकम्पपछि सुनामीको चेतावनीपनि दिइएको छ । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्र अनुसार न्यू क्यालेडोनिया र भानु आटुका केही तटीय इलाकामा १ देखि ३ मिटर अग्ला छालहरु आउने अनुमान गरिएको छ ।

फिजीका केही भागहरुमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउने अनुमान लगाइएको छ । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० का लगातार पराकम्पन महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था “युएसजिएस” का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १ सय ६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ ।