काठमाडौं । दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० वर्षे मल्टिपल “बहुप्रवेश” भिसा पाउने भएका छन्।

नेपाल, भारत, वंगलादेश, म्यान्मार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम जस्ता देशहरुले बहुप्रवेश भिसा पाउने छन् । कोरियाको न्याय मन्त्रालयले उक्त निर्णय गरेको हो । यो खबर आजको कारोबार दैनिकमा निकुन्ज तिवारीले लेखेका छन्।

उक्त नियम डिसेम्बरबाट लागू हुने छ । नयाँ भिसा नियम अनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ।

यसअघि प्रत्येकपटक भिसा प्राप्त गर्न अवेदन दिनुपथ्र्यो। उक्त निर्णयले वर्षेनी कोरिया घुम्न जाने हजारौं पर्यटकलाई सहज भएको छ।