मंसिर १९ तेहरान । इरानले अमेरिकालाई समुद्री मार्गहरु बन्द गरिदिने चेतावनी दिएको छ ।

अमेरिकाले इरानबाट तेल निर्यातमा प्रतिबन्ध लगाएसँगै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘इरानबाट तेल निर्यात रोक्न सकिँदैन भन्ने कुरा अमेरिकालाई थाहा हुनुपर्ने हो, यदि अमेरिकाले त्यो गल्ती गरेमा हामी समुद्री मार्ग दिने छैनौं ।’

इरानबाट अमेरिकामा तेलको निर्यात नगरे अन्य खाडी राष्ट्रबाट समेत तेल निर्यात हुन नसक्ने उनले दाबी गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुराष्ट्रिय परमाणु सम्झौताबाट अमेरिकालाई अलग तुल्याएपछि इरानको बैंकिङ र पेट्रोलियम क्षेत्रमा प्रतिबन्ध लगाएका छन् ।

४ नोभेम्बरबाट लागू भएको यो प्रतिबन्ध अनुसार अमेरिकाले इरानसँग तेल खरिद नगर्न सहयोगी राष्ट्रहरुलाई दबाब दिँदै आएको छ ।