मंसिर १८ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४ सयमा कारोवार भइरहेको छापावाल सुन आज रु ६ सयले बढेर प्रतितोला रु ५८ हजार ३ सयमा कारोवार भएको छ ।
अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला रु ५७ हजार १ सयमा कारोवार भएको तेजावी सुन आज रु ९ सयले बढेर रु ५८ हजारमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज रु २० ले बढेर रु ७ सय २० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ४९ हजार ९ सय ८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको रु ६ सय ९ कायम भएको छ ।