मंसिर १७ वासिङटन । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ ।

यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको बताइएको छ । मेक्सिकन विदेशमन्त्री मार्सेलोले यस भेटलाई सौहार्द भनेर ब्याख्या गरेका छन् ।

मेक्सिकोमा नयाँ राष्ट्रपति आन्ड्रे्स म्यानुएल लोपेज ओब्राडोरले आफ्नो कार्यकाल शुरु गरेको एक दिनपछि दुई देशबीचका विदेशमन्त्रीबीच यो भेटवार्ता भएको समाचार आएको छ ।

लामो समयको पर्खाइपछि अमेरिका र मेक्सिकोबीच यसप्रकार मित्रतापूर्वक भेटवार्ता भएको मेक्सिकन विदेशमन्त्री मार्सेलोले टवीट्मा भनेका छन् ।
दुई देशकाबीचमा लामो समयपछि शुरु भएको विवादपछि यो पहिलो पटक सौहार्द रुपमा द्धिपक्षीय वार्ता भएको उनले आफ्नो ट्वीटर अकाउन्टपछि जानकारी दिएका छन् ।

सो ट्वीटमा उनले भने– हाम्रो देशको नयाँ राष्ट्रपतीय प्रशासनका बारेमा अमेरिकाको धारणा र सकारात्मक कुराकानीका साथै हाम्राबीचमा भएको सौहार्द वार्ताका लागि म अमेरिकी विदेशमन्त्री पोम्पेओलाई धन्यवाद दिन चाहन्छु ।

यी दुई देशले सीमा क्षेत्रको सो आप्रवासी समस्या सामुहिक रुपमा कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गरिने बताउँदै आएका थिए ।