ईटहरी/ नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिगरेकी छिन् ।

तर हिजोको ‘हेड टु हेड’ च्यालेन्जको दोश्रो राउन्डमा भने पराजित भएकी छिन् । हेड टु हेड च्यालेन्जको १३ औं समुहमा परेकी शृङ्खला समूह बिजेता बन्दै  शृङ्खला पहिलो राउण्डमा पुगेकी थिइन् ।

हिजोको राउन्डमा उनले दिइएको प्रस्तुति सबै नेपाली समर्थकले मन पराए तर सम्पुर्ण निर्णायकले मिस सिंगापुर भेनिसा पेहलाईको प्रस्तुतिलाई मन पराए । त्यसैले शृङ्खलाले पराजय बेहोर्नु पर्यो । पराजय पछि उनले एक भिडियो सार्बजनीक गर्दै सबै नेपालीमाझ आखाभरी आशु सहित माफी मागेकी छिन । हेर्नुस भिडियो ।