काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको शुक्रबार राति निधन भएको छ । ९४ वर्षको उमेरमा उनको निधन भएको हो ।

अमेरिकाका पूर्व राष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले उनको निधन भएको जानकारी दिएका छन् । अमेरिकाका ४१ औं राष्ट्रपति उनले सन् १९८९ देखि सन् १९९३ सम्म चार वर्ष सत्ता सम्हालेका थिए ।

रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति हुँदा उनी लगातार आठ वर्ष उपराष्ट्रपति बनेका थिए ।