काठमाडौं, १४ असार लाइभ एन.पी : रातारात चर्चीत बनेका बालगायक अशोक दर्जीको घरमा पुग्दा घरमा दर्दनाक दृश्यहरु देखिएको छ । बाल गायक अशोकको घरमा पुगेर अशोकका बुवा तथा आमालाई भेटेर प्रश्नहरु गर्दा उनका बुवाले आफ्नो घर चलाउन अप्ठेरो भएको बताए । छोराको कार्यले आफूलाई गर्व लागेको भन्दै यति सानो उमेरमा यत्ति प्रसिद्धि पाउनु चानचुने कुरा नभएको उनले बताए ।

घरको अवस्था नाजुक भएको र वर्षायाम सुरु भएकोले गर्दा बाढीको डर रहेको पनि उनले बताए । हुन त बाढी उनको मात्र समस्या हैन , वर्षेनी बाढीले नेपालको तराइ क्षेत्रमा धेरै डुबान गर्ने गरेको छ । पारिवारिक समस्या भए पनि अशोक दर्जीले एउटा राष्ट्रिय पहिचान त पाए । तर, उनको पहिचानको अगाडी उनको घरको समस्या भने गम्भीर देखिन्छ । हेर्नुहोस उनको घरको अवस्थाबारे तयार पारिएको भिडियो ।

अशोक दर्जीको घरमा पुग्दा यस्तो देखियो