काठमाडौं, १२ असार लाइभ एन.पी : केहि महिना अघि आफैंले आफैंलाई गोलि हान्न लगाए भनेर कारवाहीमा परेका हिन्दुगुरु श्रीनिवासाचार्य केहि दिन अघि रुपैयाँ ५ हजार धरौटी राखेर निक्लिएका छन् । आफू जेलबाट छुट्नासाथ उनले एउटा अन्तरवार्ता दिएका छन् जसमा उनले आफूमाथि अन्याय भएको बताएका छन् ।

धर्मगुरुले आफैंले आफैंलाई गोलि हान्न लगाएको कुरा मिथ्या भएको बताएका छन् र आफूमाथि लागेका सम्पूर्ण आरोपको खण्डन गरेका छन् । अन्तरवार्तामा धर्मगुरुले ओलीको सरकारलाई इशाईको सरकार हो भन्दै चुनौती दिए , ” सक्छौ भने विदेशमा भएका युवालाई नेपालमा फर्काउ , बन्द भएका सबै उध्योग धन्दा खोलेर देखाउ र बिदेशमा भएका नेपालीलाई फर्काएर रोजगार देउ , हैन भने वाइयात संग के बिवाह नगरी गर्भवती हुन पाउने कानुन ल्याउछौ ” भन्दै चुनौती समेत दिए ।

अब आफू राजनीतिमा आउन तयार भएको र नेपालको लागि आदित्यनाथ बन्न तयार छु भन्दै आचार्य श्रीनिवासले राजनीतिकर्मि माथि समेत आक्रोश पोखे । षडयन्त्र कस्ले गर्यो भन्ने प्रश्नको उत्तरमा धर्मगुरुले पुरै सरकार, बिकेका धर्मगुरुहरु र बिदेशी मिसनरीहरुको मिलेमतोमा आफूमाथि आक्रमण र षडयन्त्र भएको कुरा धर्मगुरुले बताए ।

आफूले गल्ति गरेको भए जन्मकैद , मृत्युदण्ड भोग्न तयार छु भन्दै धर्मगुरुले भने ” यदि हिन्दु धर्मको लागी आफैंले आफैंलाई गोलि हान्न लगाएको थिएँ भने शान सँग हो भनेर भन्ने थिएँ छाती फुलाएर । सक्छ भने सरकारले सत्य तथ्य खोजेर देखाओस । ”

हेर्नुहोस पूरा अन्तरवार्ता जसमा धर्मगुरुले आफूप्रति भएको सबै षडयन्त्र खोलेका छन्  । यसमा तपाइँको विचार के छ ? आफ्नो बिचार राख्नुहोला