काठमाडौँ । २०७२ वैशाख १२ गतेको महाविनासकारी भूकम्पपछि ठूटो मात्र देखिने धरहरा अब भने बन्ने भएको छ । सोही स्थानमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घोषणा ३ बर्षपहिले नै भएता पनि निर्माण कार्य बल्ल सुरु भएको छ ।

हाल धरहरा निर्माणका लागि जग खन्ने काम सुरु भइरहेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी जिआइइटिसी रमन जेभीसँग सम्झौता गरेको हो । अब बन्ने नयाँ धरहरा २२ तलाको हुने जनाइएको छ । धरहराको गजुर मात्रै झण्डै ७० मिटर अग्लो अग्लो हुने प्राधिकरणले जनाएको हो।

अब बन्ने नयाँ धरहरा २४ रोपनी क्षेत्रफलमा फैलिने छ । भूकम्पले क्षतिग्रस्त धरहरा बाँकी ठुटो भागलार्इ भने स‌ंरक्षित गरिने भएको हो । उक्त भागलाई सिसाको फ्रेमभित्र राखेर सजाइने प्राधिकरणको दाबी रहेको छ ।