हामी नेपालीहरु खानामा चटनी एक्दमै मन पराउछौ । बिशेषगरी तराई भेटमा बसोबास गर्नेहरु चटनीको एकदमै सोकिन हुने गरेका छन् । मुुला, क्राक्रो, लप्सी, निबुवा आदिको चटनीले खानालाई जति स्वादिष्ट बनाउछ त्यती नै यसको फाइदा पनि रहेको छ ।

कुन चटनीको के फाइदा :

गोलभेडाको चटनी
गोलभेडामा प्रसस्त मात्रा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्याधिक हुन्छ । गोलभेडाले शरिमा कोलेस्ट्रोरको मात्रालाई सन्तुलनमा राख्दछ । साथै तौल घटाउन पनि यसको ठुलो योगदान हुने गर्दछ ।

अमलाको चटनी
अमलामा भिटामीन सि लगायत स्वास्थ्यको लागि अति आवश्यक पौष्टिक तत्वहरु प्रचुर मात्रामा पाइन्छ । दैनिक रुपमा अमला सेवन गर्नाले शरीरको रोगसँग लड्ने प्रतिरोधी क्षमतामा बृद्धि गर्छ । अमलाको अचारको सेवनले मुटु रोगको सम्भावना समेत कम गराउछ ।

धनियाँको चटनी
धनियाँमा पनि प्रसस्त मात्रा भिटामिन सी र पौष्टिक तत्वहरु रहेका हुन्छन् । धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोग लाग्ने सम्भावना कम गर्छ । साथै पुदिको चटनीमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसका कारण कब्जियतको समस्याबाट छुटकारा मिल्दछ ।