काठमाडौं, ११ असार लाइभ एन.पी :  सरकारले पूर्व पदाधिकारीहरुको सुविधालाई भनेर नयाँ विधेक ल्याउन लागेको छ । विधेयकअनुसार पूर्व पदाधिकारी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष, प्रधान न्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई बुझिने छ ।

सरकारले राष्ट्रपतिलाई घरभाडा, भत्ता नगद २ लाख ५० हजार तथा पूर्व राष्ट्रपतिका लागि २ लाख घरभाडा, मासिक ५० हजार सहित दुई लाख ५० हजार रुपैयाँ तथा अन्य सुविधा उपलब्ध गराउने भएको छ।

कुनै प्रदेशको राजधानीमा वा काठमाडौंमा घर नहुने पूर्व राष्ट्रपतिलाई मासिक २ लाख र अन्य पदाधिकारीलाई मासिक ७५ हजार रुपियाँ घरभाडा उपलब्ध गराउने गरी विधेयकमा राखिएको छ।

घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्टाइएको छ। उपत्यका र प्रदेश मुकाममा घर भएका राष्ट्रपति बाहेकका पूर्व पदाधिकारीलाई मर्मतका लागि मासिक भत्तासहित ३४ हजार रुपयाँ छुट्टै दिने व्यवस्था छ।

उपराष्ट्रपतिलाई मासिक घरभाडा ७५ हजार घरभाडासहित ४० गरी १ लाख १५ हजार रुपियाँ दिने व्यवस्था गरिएको छ । पूर्व पदाधिकारीको सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकमा यस्तो व्यवस्था ल्याइएको हो।

घर भएका पूर्व पदाधिकारी अन्तरगत राष्ट्रपतिलाई अन्यको तुलनामा सेवासुविधा अलग तोकिएको छ। पूर्व राष्ट्रपतिको काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भएको भए मर्मतका लागि भत्ता सहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ।

पूर्व राष्ट्रपतिलगायत पूर्व पदाधिकारीलाई भत्तामात्र नभई प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले नै उपलब्ध गराउने व्यवस्था गरिएको छ।

त्यसैगरी पूर्व पदाधिकारीले सवारी साधन मर्मत बापत मासिक २५ हजार रुपयाँ उपलब्ध गराइने भएको छ। साथै २ सय लिटर पेट्रोलरडिजेल, तीन महिनामा ५ लिटर मोबिल दिनेगरी व्यवस्था छ।

पूर्व राष्ट्रपतिका लागि निजी सचिवालयमा एकजना उपसचिवस्तरका कर्मचारी सहित सवारी चालक १ जना, १ जना कार्यालय सहयोगी राख्न पाउने गरी व्यवस्था विधेयकमा गरिएको छ। राष्ट्रपति बाहेकका अन्य पूर्व पदाधिकारीका लागि शाखा अधिकृत स्तरको एकजना कर्मचारी सहित चालक, कार्यालय सहयोगी दिनेगरी राखिएको छ।

यसमा तपाइँको विचार के छ ? के यसरि जनताको करको दुरुपयोग गर्नु राम्रो हो ? आफ्नो बिचार राख्नुहोला