काठमाडौं, ११ असार लाइभ एन.पी : चीनका प्रधानमन्त्री सी छिट्टै नेपाल भ्रमणमा आउने कुरा प्रधानमन्त्री ओलीले बताएका छन् । चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी स्वेदशफर्केपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन्  ।

भ्रमणपछि दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ भएको तथा आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वास बढ्दै राजनीतिक सम्बन्ध थप सुदृढ भएको प्रधानमन्त्री ओलीको दावी रहेको छ ।

रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टन जस्ता क्षेत्रमा चिनसंग भएका सम्झौताले नेपालको दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएकोमा ओलीको बिश्वास रही आएको छ ।

“समृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सफलबनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको व्याख्या गरेका छन् । प्रधानमन्त्री ओलीले भने , ” नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीसँग भएका सहमतीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ” ।

यसमा तपाइँको विचार के छ ? के होला त चिनिया राष्ट्रपति भ्रमण ? आफ्नो बिचार राख्नुहोला