काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचारको लागि ल्याएको थियो । उनको स्वास्थ्य अवस्था अहिले भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

भर्खरै चिकित्सकले दिएको जानकारी अनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिएका हुन्

काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएपछि तत्काल गङ्गालाल हृदयरोग केन्द्रमा ल्याइएको थियो