काठमाडौं । गुजरातको अहमदाबादमा यस्तो घटना भएको छ जसले गर्दा बिश्वनै आश्चर्यमा परेको छ । उक्त ठाउँमा सरकारी अस्पतालमा डाक्टरहरुले अप्रेशन गर्दा महिलाको पेटबाट १.५ किलोग्राम वजनको धातु निकालेका छन् ।

उक्त धातुमा चुरा, म‌ङ्गलसुत्र, सिक्रि, ब्राँसलेट, हेयरपिन र नटबोल्ट रहेका थिए । उक्त महिलाको नाम भने संगीता हो । संगिताको पेटबाट यति धेरै मात्रामा धातु देखिएपछि अप्र्रेसन थियटरका डाक्टहरु समेत आश्र्चयमा परेका थिए ।

डाक्टरका अनुसार ४५ बर्षिय संगिता मानसिक बिरामी थिईन् र उनी “एकुफेजिया” नामक रोग लागेको छ । करिब दुई घण्टासम्म चलेको अप्रेशनबाट डाक्टहरुले उक्त धातु निकालेका हुन् ।

डक्टहरुका अनुसार “एकुफेजिया” एक दुर्लभ खालको रोग हो । । सो रोगबाट ग्रसित एक हजारमा एक दुई जनालाइ लाग्ने यो रोग लोगमा मानिसहरुले खाने र नखाने कुरा छुट्‍याउन सक्दैनन् । त्यसैले धातुबाट बनेको कुरालाई पनि निल्ने गर्दछन् । यो रोग प्राय मानसिक रूपमा बिरामी रहेका मानिसहरुमा बढि रहने गर्दछ ।