काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको निधन हुनु अघि उनले रेकर्ड गराएको भिडियो सार्वजनिक भएपछी अहिले यो बिषय गम्भीर मोडमा पुगेको छ । यसैबिच पत्रकार रबि लामिछानेले मृतक पत्रकार शालिकराम पुडासैनीले लगाएका आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । उक्त भिडियो सार्वजनिक भएपछि रवि लामिछानेले सामाजिक सञ्जालमा शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस् र हदै सम्मको सजाय होस् भन्दै पत्रकार लामिछानेले शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् ।

यस्तो छ उनको स्टाटस – ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ।’