नेकपाका अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई सार्वजनिक कार्यक्रममा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने चेतावनी दिएका थिए जुन सोसल मिडियामा केहि दिनका लागि तात्तो तात्तो बहसको विषय पनि बन्यो । प्रचण्डले आलोचनाहरु पनि खेप्नुपर्यो भने कसैले प्रचण्डको यो अभिव्यक्तिलाई आशंकाको रुपमा पनि हेरेको पाईयो । प्रचण्डले किन एकाएक पूर्व राजा तर्फ अंकित गर्दै यस्तो चेतावनी दिए भन्ने विषय बारे नया रहस्य खुलेको छ । अहिले नेकपा भित्रै यस विषयको टिक्का टिप्पणी हुदा यस विषयको नया रहस्य बाहिरिएको छ । प्रचण्डले ज्ञानेन्द्रलाई अंकित गर्दै चेतावनी अर्कैतिर दिएको कुरा खुलेको छ ।

पुल उद्घाटका लागि रामेछाप पुगेका प्रचण्डले पूर्व राजालाई गणतन्त्रपछि पनि नागार्जुन दरबारमा शरण दिइरहेको त्यसैले धेरै भाषणबाजी गर्दै हिँडे जनताले त्यहाँबाट निकाल्ने चेतावनी दिएका थिए । प्रचण्डले दिएको यो अभिव्यक्तिमा राजालाई चेतावनी दिदै उपप्रधानमन्त्रि तथा रक्षामन्त्री ईश्वर पोखरेलतिर तीरको निशाना सोझ्याइएको हल्ला अहिले चलिरहेको छ । नेकपा भित्र पूर्वएमाओवादीहरू बीच प्रचण्डको अभिव्यक्तिलाई यो रुपमा लिएको चर्चा छ । रक्षामन्त्री ईश्वर पोखरेल प्रचण्ड दुबईमा हुदा निर्मलनिवास गएको र पूर्व राजासंग वार्ता गरेको चर्चा चलेपछि प्रचण्डले मन्त्रि पोखरेल माथि अंकित गर्दै ज्ञानेन्द्रलाई चेतावनी दिएको कुरा नेकपा भित्र चर्चा चलिरहेको छ ।

प्रधानमन्त्री ओलीको दुत बनेर मन्त्रि पोखरेल ज्ञानेन्द्र भेट्न गएको आशङ्का पूर्वएमाओवादीहरू बीच चलिरहेको कुरा प्रचण्डको कान सम्म पुगेपछि प्रचण्डलाई आफु विरुद्द कुनै सम्झौता हुन लागेको आशङ्का उत्पन्न भएको बताईन्छ । प्रचण्डलाई प्रधानमन्त्री ओली माथि पूर्ण विश्वास नभएको हल्ला पनि नेकपा भित्र नचलेको होईन । साथै स्कुल विभागमा ईश्वर पोखरेलले दाबी गरे संगै प्रचण्डले इन्कार गरेको र अहिले सम्म टुंगो नलागेको अवस्था पनि छ । पूर्व एमालेबाट ईश्वर पोखरेल बाहेक अरुलाई स्कुल विभाग दिदा प्रचण्डबाट कुनै अवरोध नहुने पनि बुझेको छ भने प्रधानमन्त्री ओली ईश्वर पोखरेल कै समर्थनमा रहेकोले पनि प्रचण्डले ईश्वर पोखरेल र ओलीले पुर्व राजा संग केहि सम्झौता गर्न लागेको हो कि भन्ने आशङ्का उत्पन्न भएको टिप्पणी पार्टीका नेताहरु बीच चलेको छ ।

ईश्वर पोखरेल नेपाल ट्रस्टको जग्गाको अनुगमन गर्न तथा त्यसबारे बुझ्ने निर्धारित कार्यक्रमअनुसार निर्मलनिवास परिसर पुगेका थिए । प्रधानमन्त्री केपी ओलीको आग्रहमा उनी ट्रस्टका अध्यक्ष छन् । निर्मलनिवास परिसरसँगै जोडिएको १४ आना जग्गा दरबारको (अहिले ट्रस्टको) भएकाले त्यसैको अवलोकनका लागि त्यहाँ पुगेको खबर बाहिरिएको छ ।