काठमाडौं । सत्तारुढ दल नेकपा आन्तरिक किचलोमा फसेको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकीकरणपछि एक वर्ष अघि गठन भएको सत्तारुढ दल नेकपा आन्तरिक किचलोमा फसेको हो । पार्टीको स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद अझै टुंगिएको छैन । स्कुल विभागको नेतृत्व कसलाई दिने र लिने भन्ने विषयमा अडान कायमै रहँदा विवाद सुल्झिने भन्दा चर्किन थालेको छ । यी विवादहरु अन्त्य गर्दै स्कुल विभाग प्रमुख तथा जनवर्गीय संगठनको नेतृत्व तोक्न भन्दै बुधबार नेकपाको केन्द्रीय सचिवालयको बैठक बोलाइएको थियो ।

 

तर, बैठक बस्नु अघि पार्टीका शीर्ष नेताहरुबीच छलफल भयो । सोही क्रममा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भयो । सोही क्रममा प्रधानमन्त्रीसमेत रहेका ओली र नेता नेपालबीच चर्काचर्की परेको स्रोतको दाबी छ । शीर्ष नेताहरुबीच नै चर्काचर्की पर्ने गरी विवाद बढेपछि बुधबारको बैठक बस्दै नबसी स्थगित गरिएको छ ।

तर, पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको सो पार्टीले जनाएको छ । स्कुल विभागको नेतृत्व पूर्वएमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्वमा पनि पूर्व एमालेका नेताहरु आपसमा लडेका छन् ।

साउन महिनाभरमा एकता टुंग्याउने सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आएका ओली र प्रचण्डबीच बुधबार बिहान ओली र प्रचण्डबीच छलफल भएको थियो । सचिवालय बैठक बुधबार तीन बजेका लागि डाकिएकोे थियो। यसअघि बुधबार बिहान ओली र नेताबीच पनि छलफल भएको थियो । तर, सहमति जुट्न भन्दा विवाद बढेको छ । नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन ।