काठमाडौं । पत्रकार नेत्र विक्रम बिमलीले एक सय एक पटक रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिमलीले १०१ औं पटक रक्तदान गरेका हुन् । अन्तर्रा्ष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली रक्तदाता संघले सहकार्य गरेको रक्तदान कार्यक्रममा रक्तदान अभियान्ता समेत रहेका उनले १०१ औं पटक रक्तदान गरेका छ्न ।

‘रक्तदान कार्यक्रममा सहभागी बनाैँ, रक्तदान गरौँ, जीवन बचाऔँ भन्ने नाराका साथ हालै अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको थियो । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना तथा नेपाली रक्तदाता संघ,रिटनी माइग्रेन्ट नेपालको सहकार्यमा प्रज्ञा प्रतिष्ठानको प्राङण, कमलादीमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा बिमली लगायत ४७ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले बताए ।