काठमाडौं । गायक राजु ढकाल र गायिका सुष्मिता घर्ती मगरले नयाँ तीज गीत लिएर आफ्ना दर्शक र स्रोतामाझ आएका छन् । उनीहरुले नयाँ तीज गीत ‘माइती’ ल्याएका हुन् । जसमा गायक राजु र गायिका सुष्मिताको स्वर रहेको छ भने राजुकै शब्द सृजना रहेको छ । संगीत भने देवी घर्तीको छ । सो गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । जसमा धुर्व पोखरेल र मालती घलेको अभिनय रहेको छ ।