‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍पत्याउनुहुन्छ, एउटा मान्छेको सम्पत्ति राष्ट्रियकरण गर्दा देशको कूल बजेको दुई प्रतिशत बजेट त्यहप्बाट निस्किन्छ ? झट्ट सुन्दा पत्यार लाग्दैन, तर अख्तियारमा यस्तो अजुरी दर्ता भएर प्रक्रिया अघि बढेको छ, साउन २० गतदेखि । अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध हप्ताको दुई तीनवटाका दरले उजुरी परिरहेको छ ।

यसैक्रममा बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा सबै चाँजोपाँजो मिलाएको, भाटभटेनीका साहुजी मिनबहादुर गुरुङको नामको आधा जमिन उनको रहेको, ड्राइभर भाइचा’, ‘नारायणचा’जस्ता नक्कली मोही उनैले शोभाकान्त र रामकुमारसँग मिलेर खडा गरेको जस्ता आरोप छन् । यस्ता उजुरी प्रमुख आयुक्त नविन घिमिरेले तोक लगाउँदै ‘सम्पत्ति’तिर पठाइरहेका छन् । छानबिन कमिटीले पनि अध्ययन गर्दैछ ।

प्रमुख आयुक्तले तोक लगाएको उजुरीमा, दीप बस्न्यात केही महिनाअघि प्रहरीको एस्कर्टिङमा सपरिवार झापाको काँकडभिट्टा हुँदै भारत छिरेको प्रसङ्ग छ । यसरी सीमापार गराएका उनले सुनचाँदीसहितका गरगहना कलकत्तामा महावाणिज्यजूत भएको बेला खोलेको लकर तथा बैंक खातामा जम्मा गरेको उजुरीमा उल्लेख छ । जनआस्थाबाट