विष्णु त्रिपाठी । प्रचण्ड पुत्री गंगा दाहालले आफ्नो दिवंगत भाइको नाममा बिदेशमा पैसा छ भनेर दुस्प्रचार गर्नेलाई प्रमाणित गर्न चुनौती दिइछन नत्र कारबाही गर्ने धम्किपुर्ण स्टाटस लेखिछिन । म गंगा दाहाललाई प्रश्न गर्न चाहन्छु, हिजो तपाईंको बुवाले शामन्ती राजाहरुले स्विटजरल्याण्डमा देश लुटेर पैसा थुपारेका छन् भन्दै गरिबको छोराछोरीलाई उक्साएर बन्दुक बोक्न लगाएका थिए अहिले प्रचण्ड आफै सत्तामा भएको करिब १२ बर्ष भयो उक्त फैलाएको भ्रमको आजसम्म पुष्टि गरेका छन् ? अर्को कुरा तँपाईलाई कस्तो प्रमाण चाहिने हिजो तँपाइकै बाउसँग सहयात्री भएर हिडेका बाबुराम भट्टराईले खुल्ला रुपमा प्रचण्डले खरबौ खाएको छ भनेर भासण गरेको भिडियो मसँग छ, हिजो तँपाइकै बुवा प्रचण्डले हामीसँग राज्यलाई देखाउने यति हजार नक्कली लडाकु छन् भन्दै भनेको भिडियो मसँग छ अनि प्रत्येक लडाकु बराबर १० लाख रुपैयाँ देशबाट लिएको पैसा खै ?? प्रमाण चाहिने अरे दिउ यि दुइटा भिडियो प्रमाण स्वरुप ???

तपाईंको बुवा नेपालमा संसद हुदै कमाउन थालेको १२ बर्ष भएछ, म पनि लगभग तँपाइको बुवा जत्तिकै तलब खाएर अरबमा काम गर्न थालेको करिब ९ बर्ष भयो, मैले जेनतेन गरेर एउटा घर बनाएको छु त्यो पनि ऋण लिएर, मलाई त्यो ऋण तिर्न अझै ३ देखी ४ बर्ष अरब मै काम गर्नुपर्छ, घरभित्रको सामानको कुरा गर्ने हो भने १८ mm को प्लाइउडले बनाएका ३ वटा खटिया छन्, पाहुना आउदा बस्ने भनेर लिएको प्लास्टिकको ३ वटा कुर्सी छन् भने सन् २०१० मा कतारबाट लगेको ३२ इन्चको lcd टेलिभिजन छ त्यसको पनि एयरपोर्टमा ३० हजार रुपैयाँ कर तिरेको छु, पाहुना बस्ने कोठामा सानो कार्पेटको टुक्रो ओछ्याएको छु त्यो भन्दा अरु केहि जोड्न सकेको छैन तर तँपाईको बुवा बस्ने घर, त्यहाँ भित्र सजाएको सामानहरु, सोफासेट देखी लिएर महंगा महंगा पलङहरु, ४०,५० इन्च भन्दा ठुलाठुला led टेलिभिजनहरु जोड्ने पैसा तँपाइको बुवासँग कहाँबाट आयो ?

मेरो छोरो अचानक बिरामी भयो भने मेरि श्रीमती १०,१५ हजार रुपैयाँ खोज्न आफन्तको तिर भौतारिन्छे किनकि मैले पैसा सिधै बैंकबाट ऋण लिएबापत तिर्नुपर्छ हरेक महिना बचत पटक्कै हुन्न तर तँपाइको बुवा तपाइको आमाको पेट दुख्न साथ उपचारको लागी कहिले थाइल्यान्ड र कहिले सिंगापुरको महंगा महंगा अस्पतालहरुमा लिएर कुद्नुहुन्छ, त्यो पैसा कहाँबाट आयो ?? मेरि श्रीमतीले झापादेखी त्यही नजिकै रहेको दार्जिलिङ घुम्न मन गरेको ८ बर्ष भयो तर कहिल्यै लिएर जान सकेको छैन तर तपाइको बुवा कहिले अमेरिका कुद्नुहुन्छ कहिले दुबईमा आएर महंगो होटलमा बसि ४,५ दिनमै करोडौं रुपैयाँ सकेर जानुहुन्छ त्यो पैसा कहाँबाट आयो ???? धम्की दिनुपुर्व पहिला यि प्रश्नहरूको उत्तर दिनुस अनि तपाईंको धम्की तैयार पार्नुहोला….. । अरुण नेपाली

विष्णु त्रिपाठीकाे फेसबुकबाट