काठमाडौं । केही दिनदेखि बढेको सुनको मूल्य बुधबार घटेको छ । सुन र चाँदी दुवैको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बजारमा आज सुन प्रतितोला सात सय र चाँदी १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाला सुन बुधबार सात सयले घटेर ७० हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि १५ रुपैयाँले घटेर आज प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।