काठमाडौंमा हुने नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्य पदको निर्वाचनको लागि ८ जना नर्सहरुले उम्मेद्धारी दिएका छन् ।

उमेरद्धारी दिने तोकियको समयसम्ममा ८ जना उम्मेद्धारको नाम सार्वजनिक गरेको हो । उम्मेद्धारी दिनेहरुमा डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की, सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, र रीना श्रेष्ठ छन् ।

स्रोतका अनुसार उम्मेद्धारी दिएकामध्ये प्राडा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की नेकपा निकट नर्स मानिन्छन् । सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, र रीना श्रेष्ठ कांग्रेस निकट नर्स मानिन्छन् ।

निर्वाचनमा संघको सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्थाको काउन्सिलमा दर्ता भएका नर्सहरुले विरोध गरेका छन्। काउन्सिलमा हालसम्म अनमी सहित ८९ हजार भन्दा बढी नर्स दर्ता भएका छन्।
तर, नर्सिङ संघमा भने हालसम्म करिब १२ हजार नर्स मात्र सदस्य छन्।