साम्राज्ञी शाह र प्रेमीको समुद्रको किनारमा रोमान्स गर्दै गरेको गोप्य तस्बिरहरु भाईरल हुदा साम्राज्ञीको बारेमा नकारात्मक प्रतिक्रियाहरु सोसल मिडियामा वर्षियो । बालीमा प्रेमी संग घुम्न गएकी साम्राज्ञीका तस्बिरहरु लिक हुदा साम्राज्ञीले नकारात्मक कमेन्टहरुको सामना गर्नुपर्यो । यस बारेमा साम्राज्ञी केहि समय चुप बासिन तर अहिले मारुनीको प्रमोसनमा हिड्दा मिडियाहरुले प्रश्न तेर्साएपछि साम्राज्ञी वाध्य भएर यस बारेमा बोल्न थालेकी छिन । खास के भएको थियो र किन आफ्नो गोप्य तस्बिरहरु बाहिर निकालिन भन्ने बारे साम्राज्ञीले मिडियामा खुलेर बोल्न थालेकी छिन ।

क्यानाडा नेपालसंग कुराकानी गर्ने क्रममा साम्राज्ञीले त्यो फोटोहरु प्लान अनुसार नभएर कसैको बदमासीले गर्दा फोटोहरु लिक भएको र भाईरल बनेको प्रतिक्रिया दिईन । साम्राज्ञीका अनुसार फोटोहरु गोप्य नै थियो तर कसरी कसरी कसले ह्याक गरेर त्यो फोटोहरु लिक गरेको र भाईरल भएपछी मात्र आफुलाई जानकारी भएको कुरा उल्लेख गरिन । साथै आफुले थाहा पाउने बित्तिकै प्रेमीको टाउकोमा कुट्दै सोधेको थिए के गरेको यो भनेर । प्रेमी नै छक्क परेको कुरा बताईन । कुनै प्रायोजित वा भाइरल बन्न नगरेको कुरा बताईन साम्राज्ञीले ।

हेर्नुहोस भिडियो कुराकानी: