नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा ‘रिभ्यु’ का लागि फेरि बोलाएपछि अन्तत: भिसा दिएको छ । मंगलबार बिहान अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले ट्वितमार्फत गुनासो गरेका थिए । उनले अमेरिकी दूतावाससहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेलो सरकारलाई ट्विट मेन्सन गरेका थिए । त्यस लगतै अमेरिकी दूतावासले सन्दिप लाई बोलाएर अमेरिकाको भिसा दिएको छ ।

नेपाली रास्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले मिडियामा दिएको जानकारी अनुसार सन्दिपले भिसा पाएका छन् तर दुतावास भित्र के कुरा भयो भन्ने विषयमा अहिले बोलेका छैनन् । भिसाको लागि दुताबासका कर्मचारीले सन्दिपलाई किन बोलाए र अहिले किन भिसा दिए भन्ने विषयमा सिवाकोटीले केहि जानकारी दिएका छैनन् भने सन्दिप अहिले सम्पर्कमा आउन सकेका छैनन् । सामाजिक संजालमा भिसा नदिएको विषय लाई लिएर चर्को आलोचना समेत भएको थियो ।

सेप्टेम्बर चारबाट वेस्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमिएर लिगका लागि सन्दिपले भिसाको लागि आवेदन दिएका थिए । सन्दीपले खेलाडीका रूपमा आफूलाई भिसा दिन सहयोग गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गरेका थिए । सन्दीप अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर हुन् । उनले एकै वर्षमा नौ देशमा क्रिकेट क्लबबाट खेलिसकेका छन् । भर्खरै उनी क्यानडा लिग खेलेर नेपाल फर्केका हुन् । सन्दीपले भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्टइन्डिजलगायतका देशमा क्रिकेट खेलिसकेका छन् ।

याे पनि पढ्नुहाेस् :  सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, भन्छन्, दूतावासको निर्णयले आश्चर्यमा परें

                              रवीन्द्र मिश्रले भने– ‘सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाउनु देशकै अपमान हो’

                              सन्दीप लामिछानेलाई बोलायो अमेरिकी दूतावासले, रमन शिवाकोटीसहित पुगे महाराजगन्ज