काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा ‘रिभ्यु’ का लागि फेरि बोलाएको छ । मंगलबार बिहान अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले ट्वितमार्फत गुनासो गरेका थिए । उनले अमेरिकी दूतावाससहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेलो सरकारलाई ट्विट मेन्सन गरेका थिए ।

 

लामिछाने व्यवस्थापक रमन शिवाकोटीलाई लिएर अमेरिकी दूतावासमै पुगेका छन् । अहिले उनी दूतावासमै छन् ।क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसाका लागि निवेदन गरेका थिए ।

तर, भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका थिए । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुहाेस् :  सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, भन्छन्, दूतावासको निर्णयले आश्चर्यमा परें

                              रवीन्द्र मिश्रले भने– ‘सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाउनु देशकै अपमान हो’