काठमाडाै‌ । म‌ंगलबार रातिमा नेपालकाे आकाशमा उल्का वर्षा हुने भएकाे छ । मंगलबार राति पाैने ९ बजेदेखि बुधबार बिहान पाैने ६ बजेसम्ममा उल्का वर्षा भएको देखिने छ । प्रतिघन्टा डेढ सयवटासम्म खस्न सक्ने भएकोले यसलाई वर्षकै ठूलो उल्का वर्षा मानिन्छ । खगोलविद्हरु हरेक वर्ष जुलाई १७ देखि अगस्त २४ लाई अधिक उल्का वर्ष हुने समय भएको बताउँछन् ।

 

 

त्यस समयमा हुने उल्का वर्षा नेपालभरबाट सजिलै देख्न सकिन्छ । ‘स्विफ्ट टर्टल’ नामको पुछ्रेताराले अन्तरिक्षमा छोडेको कणहरु पर्सिद नक्षत्रबाट पृथ्वीको वायुमण्डलमा ठोक्किएर उल्काको रुपमा पृथ्वीमा खस्ने भएकोले यस उल्का वर्षालाई पर्सिद उल्का वर्षा भनिन्छ ।