काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले पाँचथरको मिक्लाजुङ काण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । एकै परिवारका ९ जनाको ज्यान जाने गरी भएको घटनामा सीताले भागेर आफ्नो जीवन रक्षा गरेकी थिइन् ।

 

 

एनआरएनए मलेसियाले ‘एक एनआरएन एक परोपकारी योजना’ अन्तर्गत उनलाई आर्थिक सहयोग गरेको हो । काठमाडौंमा सीताकी आमा बुद्धमाया खुजुमलाई सो रकम हस्तान्तरण गरिएको छ । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले उक्त रकम सीताकी आमालाई हस्तान्तरण गरेका हुन् ।