ज्ञानु दुलाल । सामान्य मानिने एसी रासायनिक औषधिहरूको एक संयोजन हो । तातो र चिसोको तापक्रममा बस्ने चाहनाका कारण मानिसहरु विभिन्न जटिल रोगको सिकार हुने गरेका छन् । गर्मीको समयमा हामी एसीमा नै बस्न रुचाउँछौं, घर होस् या अफिस जहाँ पनि एसी मन पराइन्छ । जब तापमान ४० डिग्रीमा पुग्छ, तब यसको आवश्यकता पर्छ । तर जति गर्मी वा चिसो भए पनि एसीमा बस्नु राम्रो नहुने चिकित्सको भनाइ छ ।

 

एसीमा धेरै समय बस्दा इन्फेक्सन हुने खतरा, आँखा सुख्खा हुने, टाउको दुख्ने, मांसपेशीहरू दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सुख्खा हुने, पीडा महसुस हुने, फोक्सो र मुटुमा समस्या देखिने, महिलामा महिनावारीको गडबडी हुने, शरीरमा थकान महसुस, छालामा संक्रमण, पिसाब रातो र पहेंलो हुने समस्या हुन्छ । यस्तो समस्या बढ्दै गए र समयमा उपचार भएन भने संक्रमण प्राणघातक पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

श्वासप्रश्वास समस्या

लामो समयसम्म एसीमा बस्दा नाक, घाँटी र आँखामा श्वासप्रश्वासको समस्या हुन सक्छ । सुख्खा घाँटी, नाकमा अवरोध अनुभव हुने र इन्फेक्सनको खतरा हुन्छ । एसीले दम वा एलर्जी भएका व्यक्तिहरूको अवस्था बिगार्न सक्छ । एसीमा बस्दा बाहिरको धुलोबाट त बचाउँछ, तर यदि तपाईको एसी राम्रोसँग सफा र मर्मत गरिएको छैन भने यसले दम र एलर्जीका बिरामीमा असर पर्न जान्छ ।

एसीका कारण टाउको दुखाइ र माइग्रेन जस्ता समस्या निम्त्याउन सक्छ । डिहाइड्रेसन जस्ता समस्या हुन्छ, जब तपाईं एसी कोठामा भित्र र बाहिर जाँदा वा एसीमा धेरै लामो समयपछि अचानक गर्मीमा टाउको दुखाई बढछ । साथै, एसी राम्रोसँग मर्मत गरिएको छैन भने टाउको दुखाई र माइग्रेनको सिकार हुन्छ ।