काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गर्नु देशकै अपमान भएको साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रतिक्रिया दिएका छन् । मंगलबार बिहान अमेरिकी दूतावास पुगेका लामिछानेलाई अमेरिका जान भिसा नदिएको सार्वजनिक भएसँगै अध्यक्ष मिश्रले सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिँदै देशकै अपमान भएको बताएका हुन् ।

 

मुलुक सम्पन्न नभएसम्म यस्ता घटना दोहोरिने भन्दै उनले सन्दीपजस्तै कयौँ प्रतिष्ठित नेपालीको भिसा अस्वीकृत भएको जानकारी दिएका छन् । देशकै अपमान हुने यस्ता घटना हुन नदिन मुलुकमा भ्रष्टाचार घटाउनु पर्ने उनको बुझाइ छ ।

सन्दीपले भिसाा नपाएको विषयमा फेसबुकमा रवीन्द्रले लेखेका छन्, ‘देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ।’

 

यसअघि मंगलबार बिहान दूतावासले भिसा दिन अस्वीकार भएपछि आफू आश्चर्यमा परेको सन्दीपले बताएका थिए । मंगलबार बिहान अमेरिकी दूतावास पुगेका लामिछानेलाई अमेरिका जान भिसा नदिएको हो ।दूतावासले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकामा हुन गइरहेको सीपीएल लिग गुमाउने भएका छन् । दूतावासले भिसा दिन अस्वीकार भएपछि आफू आश्चर्यमा परेको सन्दीपले जनाएका छन् ।

सन्दीपले खेलाडीका रूपमा आफूलाई भिसा दिन सहयोग गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गरेका छन् ।सन्दीप अन्तर्रा्ष्ट्रिय नेपाली क्रिकेटर हुन् ।

 

 

उनले एकै वर्षमा नौ देशमा क्रिकेट क्लबबाट खेलिसकेका छन् । भर्खरै उनी क्यानडा लिग खेलेर नेपाल फर्केका हुन् । सन्दीपले भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्टइन्डिजलगायतका देशमा क्रिकेट खेलिसकेका छन्