काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । केही दिन स्थिर रहेको सुनको मूल्य मंगलबार एक हजारले बढेको छ । साउन २३ गते बिहीबारदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा काराबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य सँगसँगै चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्न थालेको छ । मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।