आजको महावाणी
हाम्रो अनौठो कुरा के हो भने जुन कुरा हामी सबै भन्दा धेरै सोच्छौ, त्यही चिजको हामी सबै भन्दा कम कुरा गर्छौ ।
– चार्ल्स लिंडबर्ग

तपाइको आज

मेष
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

वृष
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

मिथुन
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कर्कट
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

सिंह
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या
मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

तुला
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जमघटमा सहभागी भईएला ।

वृश्चिक
वैदेशिक,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।

धनु
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभपनि हुनेछ । हल्लाको भर परे दु:ख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति मिल्नेछ ।

मकर
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

कुम्भ
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मीन
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल