काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायायात सास्ती र महङ्गो मानिन्छ । यही बेला ‘पठाओ’ले सस्तोमा यातायात सेवा दिन थालेपछि काठमाडौंका यात्रुलाई सहज भएको छ । मोटरसाइकलबाट सेवा दिँदै आएको पठाओ कम्पनीले अहिले ट्याक्सीबाट पनि यातायात सेवा दिन सुरु गरेको छ । दैनिक ५० जना ट्याक्सी चालक कम्पनीमा आवद्ध हुन आउने गरेका सो कम्पनीका नेपाल क्षेत्रीय अध्यक्ष असिममानसिंह बस्नेतले क्यानडानेपलालाई जानकारी दिए ।

उनकाअनुसार हाल सार्वजनिक यातायातको भन्दा पठाओको सेवा निकै सस्तो रहेको दाबी गरे । पठाओको एप मार्फत सेवा प्रदान गर्दै आएको सो कम्पनीले नाफाभन्दा सेवालाई ध्यान दिएको उनको भनाइ छ । पठाओको मोटरसाइकलको सेवा लिएका यात्रुहरुले पठाओको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत धन्यवाद दिइरहेका बेला ट्याक्सीबाट समेत सेवा दिन थालिएको छ ।

बोलाएको ठाउँमा पुगेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने पठाओको सेवा लिन पठाओ एप डाउनलोड गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । आफूले लिने सेवाको मूल्य पहिल्यै थाहा हुने भएकाले यात्रु नठगिने र सहज हुने उनको भनाइ छ । कसरी यसको सेवा लिने ? के कस्तो छ सुविधा ? लगायतका विषयका क्यानडानेपालका सन्तोष निरौलाले अध्यक्ष बस्नेतसँग गरेको यो भिडियो अन्तर्वार्ता ?