काठमाडौं । गायक गायिका तथा कलाकारहरु स्वदेश तथ विदेशमा व्यस्त हुने गरेका छन् । गायक गायिकाको आम्दानी गीतबाट भन्दा स्वदेश तथा विदेशमा हुने स्टेज कार्यक्रमबाट हुने गरेको छ । यसैक्रममा गायक सन्तु थापा पनि स्वदेश तथा विदेशमा हुने कार्यक्रममा सहभागी भइरहेका हुन्छन् । सानैदेखि गीतसंगीतबाट पुरस्कृत हुँदै आएका उनी २०६८देखि औपचारिक रुपमा यस क्षेत्रमा लागिरहेका छन् ।

सोरठी, लोकदोहोरी, आधुनिक, लोकगीत, पन्चेबाजा, सालेजो, कौरा, रोईला,लगायतका दर्जनौ गीत गाएका थापा गीग गाउनकै लागि बेलायत, अष्ट्रेलिया, बेल्जियम, स्पेन, ईटली, नेदरल्याड्, फ्रान्स, लक्जम्वर, चेक—रिपलब्कि, भेट्रिकन सिटी, मलेसिया, दुबई, थाइल्यान्ड, भारत लगायतका विदेश भूमिमा पुगेका छन् । स्वदेशमा हुने अधिकांश स्टेज कार्यक्रममा पुग्ने गरेको उनको भनाइ छ ।