काठमाडौं । नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलगायत कलाकार अभिनित चलचित्र मारुनीको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको सो चलचित्रको अहिले मुलुकको विभिन्न स्थानमा प्रचार प्रसारको काम भइरहेको छ । यसैक्रममा पोखरा, चितवन, इटहरी, नेपालगञ्ज लगायतका शहरमा पुगेर प्रसार प्रचार गर्ने कार्यक्रम रहेको नायक पुष्पले जानकारी दिएका छन् ।

सिटी सफारीमा चलचित्रका पोष्टर टाँसेर प्रचार प्रसार गरेको तस्विर सामाजिक सञ्जाल फेसबुक अपलोड गरेर जानकारी दिएका नायक पुष्पले चलचित्र प्रचार प्रसारमा साथ दिएकालाई धन्यवाद दिएका छन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका छन् । पूनम गौतमले मारुनी निर्माण गरेकी हुन् ।