काठमाडौं । लामो समयपछि अनमोल केसीले नयाँ चलचित्र खेल्ने भएका छन् । घरकै ब्यानरमा बन्ने ‘एन्टी हिरो’ मा अनमोल लिड रोलमा देखिँदैछन् । ‘ए मेरो हजुर ३’ पछि अनमोल फुर्सदमा थिए ।  दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

चलचित्रको भिलेनमा भुवन केसी हुने भएका छन् । तर, चलचित्रको निर्देशन कसले गर्ने भन्ने तय भइसकेको छैन । चलचित्रको सुटिङ दशैंपछि गर्ने गरी अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ ।