काठमाडौँ । चर्चित संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध पठाइदेउ’ स्वदेश गान आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् । राष्ट्र प्रेमले भरिएको सो गीतमा संगीतकार सापकोटाकै स्वर रहेको छ । यो गीतको शब्द संगीत र स्वर तिनै कुरा उत्कृष्ट बनेको छ ।२०६५ सालमा रेकर्ड गरेको गीत हालै मात्र युट्युबमा सार्वजनिक गरिएको हो । गंगाराम सापकोटाले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सो भिडियोलाई चेतन सापकोटाले नै निर्देशन गरेका छन् ।