काठमाडौं । चर्चित टेलिसिरियल भद्रगोलकी रक्षा श्रेष्ठ र भीमफेदी गाइजलाई फिचरिङ गरिएको म्युजिक भिडियो ‘लकैको काने’ सार्वजनिक गरिएको छ । जसमा एक युवकले एक युवतीलाई मन पराएको दखाइन्छ । अन्तिममा केटीले अर्कैसँग बिहे गरेपछि युवा मुर्छा पर्न खोजेको भिडियो देखिन्छ । आफूले मन पराएको केटीलाई फकाउन केटाले हरदम प्रयास गरेको देखिन्छ ।

केटीको भूमिका रक्षा छने भने केटामा भीमफेदी गाइजका कलाकार छन् । सो गीतमा गायक ललित राईको स्वर रहेको छ भने डि.पी खनालको शब्द सृजना र मनोज थापा मगरको संगीत तथा देबेश राईको संगीत संयोजन रहेको छ । भीमफेदी गाइजका निर्मल कुमार लामाले भिडियोलाई निर्देशन गरेका छन् ।