काठमाडौं । अघिल्लो साता बढेको सुनचाँदीको भाउ यो साताको दोस्रो दिन सोमबार स्थिर रहेको छ । गत साताको शुक्रबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साता लगातार बढेको सुनको भाउ बुधबार एकैदिन १५ सय बढेको थियो भने बिहिबार तोलाको ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ पुगेको हो ।

फाइल फाेटाे

अहिले सोही मुल्यमा कारोबर भइरहेको छ ।यस्तै सोमबार तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको भाउ पनि स्थिर देखिएको छ ।

आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा नै कारोबार भइरहेका महासंघले जानकारी दिएको छ । लगातार बढेर स्थिर रहेको सुनचाँदीको भाउ अब घट्छ कि बढ्छ भन्नेमा ग्राहकको चासो बढेको छ । तर, यसबारेमा सरोकारवालाले केही जानकारी दिएका छैनन् ।