काठमाडौं । आज साउनको अन्तिम सोमबार । हिन्दूशास्त्रमा साउन महिनालाई विशेष महिनाको रुपमा व्याख्या गरेको छ । अझ साउनको सोमबार त शिवालयमा शिववास हुने विश्वास गरिन्छ । यसै कारण साउन महिनाभर माछामासु, लसुन प्याज नखाई सोमबार शिवालयमा गएर जल चढाउने, पूजा आराधना गर्ने, व्रत बस्ने गरिन्छ । यसैक्रममा यस वर्षको साउनको अन्तिम सोमबार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।