जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले हाल मुलुकमा दीर्घकालीन रूपमा मिर्गौला फेल हुने समस्या बढ्दो छ । हालसम्म यो रोगलाई समाप्त गर्ने कुनै औषधि उपलब्ध छैन । तर समयमै सतर्कता अपनाए यो रोगबाट बच्न र यस्ता रोगीलाई डायलासिस वा मिर्गौला प्रत्यारोपणसम्मको स्थितिबाट जोगाउन सकिन्छ ।

यस्ता पेनकिलर जथाभावी नखाउ

मिर्गौला जोगाउनका लागी जथाभावी औषधि नखाने ।
टाउको दुख्यो भनेर निम्स नखाने ।
घुडा दुखयो भनेर ब्रुफिन नखाने ।
कम्बर दुखयो भनेर भुबेरान नखाने ।
पेनकिलर धेरै खाएमा मिर्गौलालाई असर पर्न जान्छ । कुनै रोग छ भने त औषधि खाएर ठिक पार्नु पर्छ ।

मिर्गौला जोगाउन के गर्ने

दिनमा कम्तीमा २ देखि ३ लिटर पानी पिउने । ताकी २ देखि ३ लिटर पिसाब होस् । बढी गर्मी हुने, पसिना आइरहने ठाउँमा बस्नेले अझै धेरै पिउनुपर्छ । पसिनाबाट बाहिर निस्कने पानीको समेत हिसाब गरेर धेरै पानी पिउनुपर्छ ।