गलबन्दी गायक प्रकाश सपुतको यो वर्ष चुनौतीपूर्ण एवम सुखद पनि रह्यो । गलबन्दी गितले सांगीतिक तरंग ल्याउदा प्रकाश सपुतलाई अहिलेको सर्वाधिक लोकप्रिय लोक गायकको रुपमा स्थापित गराउन सफल रह्यो । प्रकाशका ब्याक टु ब्याक हिट गितहरुले गर्दा प्रकाश सपुतको माग देश विदेशमा बढ्दो छ । यहि चर्चा संगै कमाई पनि प्रकाश सपुतको राम्रो भएको अनुमान उनले किनेको नया घरले दर्शाउछ । प्रकाशले यहि वर्ष नया घर बनाएर सरेका पनि छन् जुन प्रकाशको सांगीतिक यात्राको ठुलो सफलता पनि हो । सफलता संगै गलबन्दीको विवादले प्रकाशले केहि समय चुनौतीहरु पनि सहनुपर्यो ।

प्रकाश प्राय विदेश भ्रमण गरिरहेका हुन्छन कार्यक्रमको शिलशिलामा तर यस पटक भने प्रकाशले आफ्नो श्रीमतिलाई समेत लगेका छन् । पहिलो पटक श्रीमान श्रीमती विदेश यात्रामा निस्केका छन् । हिजो साझ प्रकाश र श्रीमती विन्दु सहित कतारमा हुन लागेको कार्यक्रमका लागि उडेका छन् । प्रकाशका अनुसार यो श्रीमतीको पहिलो विदेश भ्रमण हो भने श्रीमान श्रीमतीको पनि संगै पहिलो विदेश भ्रमण नै हो । विवाह भएको झन्डै ७ वर्ष पछि प्रकाशले श्रीमतीलाई विदेश भ्रमणमा लागेको कुरा पनि उल्लेख गरे ।

प्रकाश सपुतले आफ्नो विवाहको वर्षगाठको उपलक्ष्यमा काठमाडौमा नया घर किनेर सरेका थिए । प्रकाशको घरको फोटोहरु सोसल मिडियामा निकै नै भाईरल समेत बन्यो । प्रकाश सपुतले घर किने संगै श्रीमतीलाई कार्यक्रमको शिलशिलामा विदेशको भ्रमणमा लगेका हुन् । यो खुशी प्रकाशले आफ्नो फेसबुकमा व्यक्त समेत गरेका छन् ।

यो पनि पढ्नुहोस: गलबन्दी गायक प्रकाश सपूतले गीत गाएर काठमाडौंमा यस्तो घर बनाए

प्रकाश सपुतलाई लोक ब्याटल गितले राम्रो चर्चा दिलाउन सफल भयो तर लोक ब्याटलले केहि नकारात्मक प्रतिक्रिया समेत पाएको थियो । लोक गितमा विकृति निम्त्याउने गित प्रकाशले बनायो भन्ने नकारात्मक पक्ष आउदा प्रकाशले बोल माया जस्तो लोक गित प्रस्तुत गर्दा प्रकाशको सफलताले आकाश चुम्यो । बोल माया गितले प्रकाशलाई देश विदेशमा रहने नेपाली माझ परिचित बनायो । लोक ब्याटल दोश्रो शृंखलाले फेरी नकारात्मक प्रतिक्रिया पायो र त्यसलाई चिर्न प्रकाशले गलबन्दी गित लिएर आए जसले नसोचेको सफलता पायो । प्रकाश सपुत अहिले बोल माया गितको भाग  २ बनाउन लागिरहेका छन् भने भविष्यमा आफ्नो कथामा चलचित्र पनि बनाउने सोच बनाएका छन् ।

यो पनि पढ्नुहोस: गलबन्दीको सफलता पछि प्रकाश सपुत मिडियामा,छोराले किन गाउ छोडे बारे यस्तो भन्छन् (भिडियो सहित)