काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ ।

आइतबार राति म्यानचेस्टरको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सी ४–० ले पराजित भएको हो ।

म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई, एन्टोनियो मार्टियल र जेम्सले एक–एक गोल गरे । हारसँगै चेल्सीका नयाँ प्रशिक्षक फ्रांक लाम्पार्डको प्रिमियर लिग सुरुवात राम्रो बनेन ।

आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई १–० ले हराएको छ । न्युकासलको मैदानमा भएको खेलमा आर्सनलका लागि पिएरे एमरिक औबामायंगले निर्णायक गोल गरे ।