काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै छन ।

स्वास्थ्य परीक्षण लम्बिएकाले र फर्किने कार्यक्रम आजलाई सरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा उनको अवस्थामा सामान्य भएपछि ओली आज अपरान्ह स्वदेश फर्कन लागेका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए  ।